सांस्कृतिक सम्पदाको संरक्षणमा संलग्न व्यक्तिहरूका लागि अन्तर्राष्ट्रिय सहकर्मी तथा सहयोगी सिकाइ कार्यक्रम हो । 11 महिनासम्म अनलाइन सत्रहरूको शृङ्खला मार्फत, कार्यक्रमले सांस्कृतिक सम्पदा संरक्षणमा के उपयोगी हुन्छ (र के उपयोगी हुँदैन) भन्ने विषयमा केन्द्रि रहेर, एक अर्काबाट सिक्नटेवा प्रदान गर्न 30 व्यक्तिहरूलाई संलग्न गराउने छ ।

कनेक्टिङ कल्चरल हेरिटेज (Connecting Cultural Heritage) सबैलाई आफ्ना अनुभवहरू आदानप्रदानमा सहजीकरण गर्न डिजाइन गरिएको हो: तपाईंले के सिक्नुभयो, तपाईंको अभ्यास, तपाईंका चुनौतीहरराम्रा विचारहरूयसको अन्तिम लक्ष्य भनेको तपाईंको आत्मविश्वास, ज्ञानसहायता सञ्जालहरू वृद्धि गरेर तपाईंको भविष्यका कामहरूमा तपाईंलाई सहयोग गर्नु हो

  • यो के हो ?
  • यो कसका लागि हो ?
  • म कसरी आवेदन गर्न सक्छु ?
  • हाम्रो बारेमा

आवेदन गर्न, कृपया यो आवेदन फाराम भर्नुहोस्


यो के हो ?

कनेक्टिङ कल्चरल हेरिटेज (Connecting Cultural Heritage) मध्य पूर्व, उत्तर अफ्रिका, पूर्वी अफ्रिका र दक्षिण एसियाबाट सांस्कृतिक सम्पदा संरक्षणमा काम गर्ने विभिन्न पेसाकर्मी र संस्थाहरूको सहकार्यमा डिजाइन गरिएको थियो । यो तीन वटा 8-हप्ते चक्रहरू मिलेर बनेको छ, प्रत्येक चक्रमा सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित फरक-फरक पक्षमा केन्द्रित हुने छ:

  1. पहिलो, हामी सांस्कृतिक सम्पदा संरक्षणमा विशेषज्ञको रूपमा तपाईंका अभ्यासहरू अन्वेषण गर्ने छौँ । सम्भावित विषयवस्तुहरूः स्वदेशी र परम्परागत अभ्यासलाई टेवा प्रदान गर्ने, जलवायु परिवर्तनको अर्थ खोज्ने, दिगो विकास र सम्बोधन गर्ने ।
  1. दोस्रो चक्रमा, हामी व्यवस्थापनका विभिन्न चुनौतीहरूको चर्चा गर्ने छौँ ।

सम्भावित विषयवस्तुहरू: मूल्याङ्कन तथा सिकाइ, कोष व्यवस्थापन, डिजिटलीकरण, अभिलेखीकरण र कागजातहरू र विविधता व्यवस्थापन ।

  1. अन्तिम चक्रमा, हामी हाम्रो कामको वकालत गर्ने र तर्क/औचित्य प्रस्तुत गर्ने बारेमा विचार गर्ने छौँ ।

सम्भावित विषयवस्तुहरूः साझेदारी र गठबन्धनहरू, सांस्कृतिक सम्बन्धहरू, नीति निर्माताहरूसँग वार्ता गर्ने र सांस्कृतिक सम्पदाका तर्क, प्रमाण र औचित्र पुष्टि गर्ने ।

प्रत्येक चक्रमा एक परिचय सत्र हुने छ, त्यसपछि विषयगत साना सामूहिक सत्रहरू हुने छन् र हामी सारांश सत्र सहित समापन गर्ने छौँ । प्रत्येक चक्रपछि, हामीसँग कार्यक्रमको बारेमा विचार व्यक्त गर्ने र सिकाइहरू आदानप्रदान गर्ने समय हुने छ । एक सहभागीको रूपमा, तपाईं प्रत्येक चक्रमा अन्वेषण गरिने सवाल र विषयहरू प्रस्ताव गर्न र छनौट गर्न सक्नुहुने छ ।

calendar.png जुलाई 2023 – मे 2024
timer.png लगभग कुल 35 घण्टा अनलाइन सत्रहरू, केही अफलाइन कामहरू सहित
computer.png

कार्यक्रम सत्रहरू जूम मार्फत सञ्चालन गरिने

अन्य सहभागी कार्यक्रम डेलिभरी टोलीसँग कुराकानी गर्न एक अनलाइन च्यानल पनि हुने

translate.png

कार्यक्रम अङ्ग्रेजीमा सञ्चालन गरिने , यद्यपि सीमित भाषाहरूमा सहायता उपलब्ध हुने

cheque.png

तपाईंलाई तपाईंको सहभागिताका लागि £1200 भुक्तान गरिने यो पहिलो किस्ता कार्यक्रमको सुरुमा दोस्रो किस्ता कार्यक्रमको सफल समापनपछि गरेर दुई किस्तामा भुक्तान गरिने

आवेदन गर्न, कृपया यो आवेदन फाराम भर्नुहोस्


यो कसका लागि हो ?

कनेक्टिङ कल्चरल हेरिटेज (Connecting Cultural Heritage) ती व्यक्तिहरूका लागि डिजाइन गरिएको हो:

  • जो सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय रूपमा संलग्न छन्
  • जो समुदायका अगुवा/सङ्गठक, सांस्कृतिक सम्पदा पेसाकर्मी, परियोजनाको नेतृत्व/प्रबन्धक जस्ता भूमिकामा छन्
  • जोसँग निम्न योग्य देशहरूमध्ये कुनैमा सांस्कृतिक सम्पदा संरक्षणमा काम गरेको अनुभव :
  • मध्य पूर्व तथा उत्तर अफ्रिका: अल्जेरिया, इजिप्ट, इराक, जोर्डन, लेबनान, लिबिया, शासित प्यालेस्टाइन क्षेत्र, सिरिया, ट्युनिसिया, यमन
  • पूर्वी अफ्रिका: इथियोपिया, केन्या, सुडान, तान्जानिया, युगान्डा
  • दक्षिण एसिया: बङ्गलादेश, नेपाल, पाकिस्तान
  • जसले अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग 'सांस्कृतिक सम्पदा संरक्षणमा के उपयोगी हुन्छ' भन्ने बारे साझेदारी गर्ने सिक्ने प्रतिबद्धता जनाएका छन्
  • जोसँग विद्युतीय माध्यमबाट सहभागी हुने क्षमता (सामूहिक सत्रहरूमा सत्रहरू बिचमा जानकारी आदानप्रदान प्लेटफर्महरूमा इन्टरनेट जुमको पहुँच)
  • जोसँग कामचलाउ अङ्ग्रेजी बोल्ने सीप

कार्यक्रममा सहभागी हुन आवेदन दिनुपर्ने सहभागीहरूलाई कार्यक्रमका लागि उपयुक्तताको आधारमा समूहमा सीप, अनुभव रुचिहरूको राम्रो सन्तुलन मिलाउने उद्देश्य सहित चयन गरिने

हामी पेसागत विकासमा भाग लिनका लागि खर्च लाग्छ भन्ने कुरा बुझ्दछौँ हामी समानता पहुँचलाई समर्थन गर्न सबै सहभागीहरूलाई थोरै, निर्धारित "सहभागिता शुल्क" प्रस्ताव गर्दछौँ

अपेक्षाहरू

यदि तपाईं यस कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने, हामी तपाईंलाई निम्न कुराहरूको अपेक्षा गर्ने छौँ:

  • यस कार्यक्रम कोहर्ट (समूह) मा सक्रिय रूपमा भाग लिन प्रतिबद्ध हुने
  • सांस्कृतिक सम्पदा संरक्षणका आफ्नै अनुभवको बारेमा बताउन अरूको कुरा सुन्न तयार हुने
  • सहकर्मीहरूको प्रयास सन्दर्भ प्रति खुल्ला, इमान्दार सम्मान गर्ने लगायत सहकर्मी-सिकाइका सिद्धान्तहरू पालना गर्ने
  • आफ्नो सिकाइ अरूबाट के सिक्न सकिन्छ भन्ने बारे जिज्ञासु रहने
  • तपाईंले कार्यक्रमभन्दा बाहिर आफ्नो समुदाय वा संस्था सञ्जालहरूसँग सिकाइ परिणामहरू कसरी आदानप्रदान गर्न सक्नुहुन्छ भनेर विचार गर्ने
  • आफ्नो सिकाइका लागि जिम्मेवारी लिनेहामी तपाईंलाई अन्वेषणका लागि एक विशेष क्षेत्र पहिचान गर्न कार्यक्रमको क्रममा व्यक्तिगत "लर्निङ लग" वा डायरी मार्फत यसको ट्र्याक राख्न आमन्त्रित गर्ने छौँ
  • प्रत्येक चक्रमा सबै पूर्ण-सामूहिक सत्रहरू कम्तीमा तीन वटा साना समूह सत्रहरूमा भाग लिने
  • मूल्याङ्कन प्रयोजनका लागि कार्यक्रम भरि आफ्नो अनुभव व्यक्त गर्ने प्रतिक्रिया प्रदान गर्ने